
रसुवा, फागुन २९ । रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माणले अझै गति लिन सकेको छैन ।
तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाईएकोमा दुई बर्ष बितीसक्दा समेत पहिलो तल्लासमेत ढलान भएको छैन
। कामदारको अभाव, सामग्री समयमा आउन नसक्नु जस्ता कारणले दुई वर्षमा ३२ प्रतिशत मात्र काम भएकोे रविना कन्ट्रक्सनका इन्जिनियर योगेन्द्र सुब्बाले बताए ।
५४ करोड ६० लाख रुपैयाँ निर्माण लागत रहेको पाँच तले एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने छ ।
प्रतिक्रिया दिनुहोस्