१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


पुरातात्विक विभागलाई नेवाः दबूको ज्ञापनपत्र


0
Shares

काठमाडौं, फागुन २९ । काठमाडौ उपत्यकाका सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको माग गर्दे बिहीबार नेवाः देय् दबूले पुरातत्व विभागमा ज्ञापनपत्र बुझाएको छ ।

सम्पदा संरक्षण महाअभियान अन्र्तगतका अभियन्ताहरुले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न विभागको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले सम्पदा मानव जीवनको धमनी भएको भन्दै सम्पदा संरक्षणमा गम्भीर चासो दिनु पर्ने बताएका छन् ।

पुरातात्विक ढुंगेधारा, हिटीसहितका पुरातात्विक अवशेषको उचित व्यवस्थापन र संरक्षण गर्नु पर्नेमा उनीहरुको जोड थियो ।

नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारले नेपाली मौलिकता बोकेका पुरातात्विक सम्पदा जोगाउन विभागले थप सक्रियता देखाउनु पर्ने बताए ।

विभाग अधिकारीहरुले भने सम्पदा संरक्षण र सम्बद्र्धन गर्ने दायित्व आफ्नो भएपनि यसमा सबैको सहयोग आवश्यक रहेको जनाएका थिए ।