१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरिया पठाइदिन्छु भन्दै ठगी गने लाहुरेटोलका कोरियन नागरिक पक्राउ


156
Shares

काठमाडौं । दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक कोरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई महांकालबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जङले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै वेल्डिङ ट्रेनिङ गराइ दक्षिण कोरियामा रोजगारमा पठाइदिने प्रलोभनमा पारेर पीडितबाट रकम लिएका थिए ।

तर, रकम लिएपछि पनि दक्षिण कोरिया नपठाएपछि रकम ठगी भएको भन्दै पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि गौशालास्थित महानगरीय प्रहरी वृत्त पठाइएको छ ।