३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बसन्तपुरमा बनाएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उपमेयर खड्गी


2.08k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले बसन्तपुर डबलीमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताउनुभएको छ ।

मंगलबार संरचना अवलोकन गर्दै उहाँले विश्व सम्पदा हनुमानढोका क्षेत्रमा कंक्रिटको संरचना बनाउन नहुने भन्दै संरचना भत्काउनुपर्ने बताउनुभयो ।

उपमेयर खड्गीले सल्लाह नगरी मेयरले मनपरी गरेको र आफुलाई समेत जानकारी नभएको भन्दै उहाँले यो कार्य गलत भएको दाबी गर्नुभयो ।

महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा मापदण्ड विपरीत कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधार संरचना निर्माण गरिसकेको छ ।