१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृष्णनगरमा बसपार्क उद्घाटन


52
Shares

कपिलवस्त । कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ ।

जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा रहेको कृष्णनगरमा बसपार्क नहुँदा सवारी साधन पार्किङ गर्न समस्या हुँदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्किङ स्थल नहुँदा सावरी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता थियो ।

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । उहाँले लामो समयपछि बसपार्क स्थापना गर्न पाउँदा खुसी महसुस भएको बताउनुभयो । कुल १ विघा ७ कठा ३ धुर जग्गामा ३० लाखको लागतमा कृष्णनगरमा बसपार्क सञ्चालन गरेको सञ्चालक खानले जानकारी दिनुभयो ।