
संखुवासभा । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै या गठबन्धनसँग मिलेर चुनावमा जाने चैत्रको तेस्रो साता टुङगो लाग्ने नेपाली कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले बताउनुभयो ।
उहाँले अहिले कांग्रेस घर घर जाऔ काग्रेस जिताऔ एक महिने अभियानमा लागी रहेकोले चैत्रको तेस्रो साता केन्द्रिय समितिको बैठकले गठबन्धन संग मिलेर जाने या एक्लै चुनावमा जाने टुङगो लाग्ने बताउनुभयो ।
संखुवासभाको खाँदबारीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस महामन्त्री शर्माले गठबन्धनका बारेमा जिल्लाबाट आएका राय सुझाबका आधारमा टुङगो लाग्ने र केन्द्रले गठबन्धन नगर्ने निर्णय भए पनि जिल्ला तहमा गठबन्धन हुन सक्ने बताउनुभयो ।
उहाँले जिल्ला तहले एक्लै लड्न सक्ने भए लड्ने अधिकार जिल्लालाई रहेका समेत बताउनुभयो । उहाँले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुुन्छ । त्यसमा कशैले शंका नगर्न अनुरोध गदै निर्वाचनमा नेपाली काग्रेस पहिलो दलका रुपमा स्थापित हुने समेत दावी गर्नुभयो । कांग्रेस महामन्त्री शर्मा र केन्द्रिय सदस्य सिता गुरुङले नेपाली काग्रेस संखुवासभाले आयोजना गरेको घर घर जाऔ काग्रेस लाई जिताऔ प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो ।
नेपाली कांग्रेसले अहिले जिल्लाका १० स्थानिय तहमा अभियान सञ्चालन गरिरहेको पार्टी सभापति दिपक खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्