१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन डीआईजीकाे एआईजीमा बढुवाका लागि सिफारिस


949
Shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफासिर गरेको छ ।

गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको बढुवा सिफारिस समितिले बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य–सचिव शैलेश थापा क्षेत्रीले जानकारी दिनभुयो ।

पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो र धानुकलाई प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध विभाग कार्य निर्देशनालयमा दरबन्दीका लागि सिफारिस गरिएको छ ।

सिफारिस भएकाविरुद्ध एक साताभित्र कसैले उजुरी नगरे उनीहरू बढुवा हुनेछन् ।

एआईजीमा तीन दरबन्दी थप भएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ ।