२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुसी सेनासंग १४ दिनका लागि मात्रै गोला बारुद बाँकी, हार मानेका छैनन् युक्रेनी सेनाले


8.736k
Shares

एजेन्सी । युक्रेनमाथि आक्रमण गरेको रुससंग अब युक्रेनी सेनासंग लड्न १४ दिनका लागि मात्रै पुग्ने गोला बारुद रहेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको बुधबार २१ दिन पुगेको छ । तर युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसका सेनासंग युक्रेनी सेना भिडिरहेका छन् । रुसले युक्रेनमाथि आक्रमण गर्दा उसले थोरै दिनमा युक्रेनलाई कब्जामा लिने विश्लेषण गरेको थियो । तर उसले युक्रेनमाथि आक्रमण गरेको २१ दिन भैसकेको छ ।

युद्ध लम्विदै जाँदा अब रुसी सेनासंग १४ दिनका लागि मात्रै युक्रेन आक्रमणका लागि गोला बारुद र हतियारहर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बेलायती इन्टलिजेन्स एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रुससंग अब १४ दिनका लागि मात्रै लड्न सक्ने गोला बारुद रहेको बताएका हुन् । रुसी सेनाले युक्रेनका धेरैजसो शहरहरु भने कब्जामा लिएको छ । तर युक्रेनको राजधानी समेत रहेको महत्वपूर्ण शहर कीभलाई उनीहरुले कब्जा गर्न सकेका छैनन् । कीभलाई नियन्त्रणमा लिन अघि बढेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको छ ।

अहिलेसम्म युक्रेनी सेनाले कीभलाई जोगाएका छन् । तर रुसले कीभलाई नियन्त्रणमा लिन नसके उसले परमाणु हतियारको प्रयोग गर्ने होकि भन्ने डर विश्वभर छ । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटीनले युद्ध जित्न कुनै खतरनाक कदम चाल्ने हुन कि भन्ने चिन्ता बिश्वका नेताहरुलाई रहेको छ । किनकी यो युद्ध यति लामोसम्म जाला भन्ने पुटिनले सोचेका थिएनन् । रुसी सेनाका सामुन्ने युक्रेनी सेना झुकेको छैन ।यो युद्ध लम्बिदै जाँदा विश्वयुद्धको खतरा बढ्ने सम्भावना रहेको कतिपयले विश्लेषण गर्न थालेका छन् ।

युद्धका कारण युक्रेनको अवस्था भने निकै भयाबह बनेको छ । रुसले युक्रेन माथि आक्रमण गरेयता २५ लाख भन्दा बढी युक्रेनी नागरिक युद्धबाट बच्न छिमेकी देशहरुमा शरण लिन पुगेका छन् । धेरै मानिसहरु आफ्नो परिवारबाट छुटेका छन् । को कहाँ कता पुगे भन्ने अत्तो पत्तो छैन । रुसी हमलाका कारण युक्रेनी नागरिकहरुमा कतिबेला मरिने हो भन्ने डर र त्रास छ । आफ्नो देश नछोडेका युक्रेनी नागरिकहरुले पर्याप्त मात्रामा खान नपाएका र पानी पनि पिउन नपाएका संचारमाध्यमहरुले जनाएका छन् ।

रुसी सेनाको आक्रमणबाट युक्रेनका खानेपानीका पानीका पाइपहरु ध्वस्त भएका छन् भने प्राय सबै संरचना नष्ट भएका छन् । रुसी राष्ट्रपति पुटिनलाई युद्ध अन्त्य गर्न विभिन्न देशहरुले आग्रह गरेपनि उनले त्यसको वेवास्ता गरेका छन् । तर पनि शक्तिशाली मानिएको रुससंग युक्रेनका सेना हार नमानी भिडिरहेका छन् ।