
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ ।
ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।
पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो ।
बाइडेनको यस्तो टिप्पणी ‘अस्विकार्य’ तथा ‘अक्षम्य’ रहेको प्रतिक्रिया रुसले दिएको छ ।
अमेरिकी बमबाट विश्वका कुनाकुनामा लाखौं नागरिक मारिएको प्रसँग उठाउँदै क्रेमलिनले पुटिनलाई युद्ध अपराधनी भन्नु हास्यास्पद भएको टिप्प्णी गरेको हो ।
उता, युक्रेनमा भने आज २२ औं दिन पनि रुसी सैन्य हमला जारी छ । रुसको सैन्य हमलाबाट एउटा सिनेमा थिएटरमा आश्रय लिईरहेकेमा थुप्रै युक्रेनी नागरिक हताहत भएको खबर छ ।
प्रतिक्रिया दिनुहोस्