
पोखरा । पोखरेलीहरुले विदेशी पर्यटकसँगै एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका छन् ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल पोखराले लेकसाइडमा विशेष कार्यक्रम आयोजना गरी हालीको आयोजना गरेको थियोे ।
पोखरामा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको रेवानका अध्यक्ष लक्ष्मण वरालले जानकारी दिनुभयो ।
महोत्सवमा नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका थिए । पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए ।
पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तिन किलोमीटर क्षेत्रमा पर्यटकलाई सहभागी गराई सामुहिक रुपमा होली खेलीएको हो । यता, होली पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्