२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रङसँग रमाए कलाकार, चित्र बनाएर मनाए फागु पर्व


78
Shares

काठमाडौं । रङहरुको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरुले भने रङको कलाकृति बनाएर छुटै तरिकाले फागु पर्व मनाएका छन् ।

रंगहरुको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरुले विशेष चित्रकला कार्यशाला आयोजना गरि फागु पर्व मनाएका छन् । होली पनि भनिने फागुमा रंगमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ । तर, कलाकारहरुले उक्त रंङ साटसाट गरेर नभई रंङले विभिन्न प्रकृती,संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाउनु भएको हो ।

विशेष चित्रकला कार्यशाला कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के कर्माचार्यले विभिन्न फरक फरक विधाका कलाकारहरुले रंङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताउनुभयो । उहाँले नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नु पर्ने बताउनुभयो । नित्य विधालाई रंगकर्मी नभएर मञ्चकर्मी भन्न मिल्ने कमार्चायले बताउनुभयो ।

कर्माचार्यले होलीलाई रंङसँग झुमेर मात्रै नभएर रंङकै कलाकृति बनाएर पनि मनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो । उहाँले रंङ दलेर मनाउने फागु पर्व फरक ढङगले पनि मनाउन सकिने बताउनुभयो । त्यस्तै, बरिष्ठ साहित्कार डा. राम प्रसाद ज्ञवालीले आफुले पहिलो पटक चित्र बनाउँदा रोमाञ्चक अनुभव गरेको बताउनुभयो । उहाँले चित्र बनाउँदै गर्दा एउटा कलाकारले मनोरञ्जनका लागि मात्रै कला प्रस्तु गर्ने होला की कलाले समाज परिर्वतनको लागि भूमिका खेल्न सक्लाकी नसक्ला भन्ने भावना मनमा लागेको बताउनुभयो ।

स्पेक्ट्रम कला संस्थाले फागु पर्व जस्तै बिभिन्न पर्व अवसरमा फरक विधाका कलाकार सहित चित्रकला कार्यशाला गर्ने बताएको छ ।