१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चोभार सुख्खा बन्दरगाह एक साताभित्र सञ्चालनमा


260
Shares

काठमाडौं । काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ ।

सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।

एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुने विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उहाँले कर्मचारी व्यवस्थापन, कानूनी प्रावधान र अन्य काम पूरा भएको बताउनुभयो ।

बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृतसहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाहसम्म पहुँचसम्बन्धि कानूनी व्यवस्था लगायतको काम सकिएको विभागको भनाइ छ । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै बन्दरगाह सञ्चालन गर्ने विभागको तयारी छ । गत फागुन १० गते सरकारले बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो ।

राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालको कीर्तिपुर नगरपालिका–६ को सुख्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको हो । बन्दरगाहको कुल क्षेत्रफल २ सय ६० रोपनी छ ।