७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


यस्तो छ जनप्रतिनिधिको कार्यशैलीबारे मतदाताको बुझाइ


130
Shares

काठमाडौं । स्थानीय तहको विर्नाचन आउन दुई महिना पनि बाँकी छैन । संघीयताको पहिलो अभ्यास स्वरुप सिंहदरबारको अधिकार गाउँ गाउँ पुगेको विषयलाई प्रत्येक राजनीतिक पार्टीले स्वार्थको डम्फू बनाए । बितेको पाँच वर्षमा जनप्रतिनिधिको कार्यशैलीबारे मतदाताको भने मिश्रित प्रतिक्रिया छ । जनप्रतिनिधिको कार्यशैली जनताको कसीमा ।

स्थानीय तह चुनावका लागि राजनीतिक दलहरु भोट माग्न थालिसकेका छन् । जुनजुन स्थानीय निकायमा ज जसले जित हात पारेका छन, त्यो दलले आफ्ना जनप्रतिनिधिको बचाउ गर्ने गरेका छन् । स्थानीय तहले विकासमा फड्को मारेको मात्र हैन, जनताले सुविधा घरघरमा पाएको दलहरुको निष्कर्ष छ । यद्यपि मतदाताहरु राजनीति गतिविधिप्रति कम उत्साही देखिन्छन् । पहिलाको अनुपातमा अहिले केही काम भएको उनीहरुको बुझाइ छ ।

अर्कोतिर कतिपय जनताले जनप्रतिनिधिको कामप्रति आपत्ति जनाएका छन् घोषणा पत्रमा उल्लेख गरेबमोजीम उनिहरुले काम नगरेको जनताको गुनासो छ । जुन जोगि आएपनि कानै चिरेको भन्दै, जुन तहको सरकारले पनि युवा पुस्ता विदेशीने समस्यामा केहि परिवर्तन आउन नसकेकोमा चित्त दुखाई छ । अब आउने स्थानिय चुनावमा युवा पुस्ताका जनप्रतिनिधिहरु आउनुपर्ने उनीहरु बताउछन् ।

अबको चुनावमा आफूले चुनेका जनप्रतिनिधिको काम हेरेर मत दिनुपर्ने कति नागरिकको बुझाइ छ ।

जनताका अपेक्षा ठूला छैन्न । सुशासन र विकासले गति लियो भन्ने हो । ठूला ठूला भाषण छोडेर जनताका साना र सार्थक अपेक्षा पूरा गर्न लाग्नु बुद्धिमानी ठहछ । आगामी चुनावमा जित्ने जनप्रतिनिधिहरुको ध्यान त्यतातर्फ मोडियोस् ।