
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।
यूईएफएले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियलसँग खेल्नेछ ।
क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ । दोस्रो लेग अप्रिल १२ र १३ मा हुने यूईएफले जनाएको छ । यस्तै, सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र २७ तथा दोस्रो लेग मे ३ र ४ मा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मे मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्