
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन ।
आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशका पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।
त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेगगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेभएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्