
काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा राखिएको ‘स्टेन्ट’ पाइप निकालिएको छ ।
उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट पाइप आइतबार निकालिएको हो ।
मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न चिकित्सक प्राडा.उत्तम कुमार शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिए । उनको यही फागुन २१ गते दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली १० दिनको अस्पताल बसाईपछि गत शुक्रवार डिस्चार्ज भएका थिए ।
बालुवाटार निवासमा चिकित्सकको नियमित निगरानीमा रहनुभएका उनले डिस्चार्ज भएको दोस्रो दिनदेखि राजनीतिक भेटघाटलाई तीब्रता दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्