
तनहुँ, चैत २ । भूकम्पले क्षति पुर्याएको संरचनाको संरक्षण र पुनर्निर्माण गर्ने उद्देश्यले पुरातत्व विभागले तनहुँको बन्दीपुरमा कालिगढ तालिम सुरु गरेको छ ।
आइतबारदेखि १५ दिनसम्म सञ्चालन हुने तालिममा स्थानीयलाई विभिन्न प्रकारका परम्परागत सीप प्रदान गरिने जनाइएको छ ।
प्राचीन शैलीका मठमन्दिर, पाटिपौवा तथा विभिन्न स्मारकहरु पुनर्निर्माण तथा संरक्षण गर्नुपर्ने भएकाले त्यस्ता संरचनाको जगेर्ना गर्न स्थानीयलाई सीप प्रदान गर्न खोजिएको छ ।
भूकम्पपछि कालिगढ अभाव भएकाले दक्ष जनशक्ति उत्पादन गर्नका लागि विभागले तालिम सञ्चालनमा ल्याएको हो ।
यसअघि विभागले नुवाकोट, काठमाडौ, सिन्धुपाल्चोक, दोलखा काभ्रे, गोर्खा लगायतका ठाउँमा कालिगढ उत्पादन गर्ने तालिम सञ्चालन गरिसकेकोे छ ।
प्रतिक्रिया दिनुहोस्