
काठमाडौं । करिब २ सय ८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ ।
विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार उद्घाटन गरिएको हो ।
वि.स. २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गर्नुभयो ।
सो पार्टी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा समेत मुद्दा हालेको थियो । तर अन्तिममा उच्च अदालतले पाटनले बनाउनका लागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताउनुभयो ।
उहाँले सम्पदाप्रेमीहरुले चिन्ता व्यक्त गरेको सो सम्पदा पुनर्निर्माण गर्न पाउँदा पुल्चोकका नगरबासी हर्षित भएको बताउनुभयो । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्दा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाई हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्