
काठमाडौं, चैत २ । सातै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमण भित्रिन नदिन केन्द्र सरकारसँग बजेटको माग गरेका छन् ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले ल्याब लगायतका अत्यावश्यकीय सामग्रीका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग गरेका हुन् ।
कोरोना भाइरस प्रवेश गर्न नदिन प्रदेश सरकारले गरेका कामबारे जानकारी गराउँदै मुख्यमन्त्रीहरुले केन्द्रले सहयोग नगरे आफूहरुले मात्र थेग्न नसक्ने बताएका थिए ।
मुख्यमन्त्रीहरुसँगै सामाजिक विकास मन्त्री पनि सहभागी छलफलमा केन्द्र सरकारले प्रदेशमा पनि अस्पताल, प्रयोगशालाको व्यवस्था गरिदिनुपर्ने माग उनीहरुको थियो ।
अस्पतालहरूमा उपकरण, ल्याब नरहेको भन्दै उनीहरुले केन्द्र सरकारले बजेटको व्यवस्था गरिदिनुपर्ने बताएका हुन् । खाद्यान्न संकट नहुने सुनिश्चित गर्न पनि उनीहरुले केन्द्र सरकारसँग भनेका छन् । सीमामा कडाई गर्नपर्नु सुझाव उनीहरुको थियो ।
उपप्रधानमन्त्री पोखरेलले सोमबार उच्चस्तरीय संयन्त्रको बैठक राख्ने र मुख्यमन्त्रीहरूको मागमा छलफल गरिने आश्वासन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्