
भक्तपुर । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले आगामी चुनावका सन्दर्भमा अनेक तगारो तेर्स्याइएको टिप्पणी गर्नुभएको छ ।
भक्तपुरमा इम्प्रेसन नेपालको नवौं राष्ट्रिय अधिवेशनमा उहाँले निर्वाचन आयोगले आफ्नो अनुकुलमा आचारसंहिता बनाएको आरोप लगाउनुभयो । रिमालले नेपालमा दुई बिचारधारको लडाइ भइरहेको भन्दै दुई दलीय व्यवस्था वास्तविकता निकट पुगेको उल्लेख गर्नुभयो ।
एमालेले समृद्धिको नेतृत्व गर्ने र कांग्रेस लगायतका अन्य पार्टिले दक्षिणपन्थी, प्रतिगामीको नेतृत्व गर्ने उहाँको भनाइ छ । देशैभर एमालेप्रति आकर्षण बढेको भन्दै नेपाली कांग्रेस भारतीय कांग्रेसको अवस्थामा पुग्न लागेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्