
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आँकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताउनुभयो ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताउनुभयो ।
महतले सत्ता गठबन्धनमा रहेका दलहरुको प्रस्तावलाई पनि हेरिने प्रतिक्रिया दिनुभयो ।
महतले एमसीसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो विफल विफल भएको बताउनुभयो । कांग्रेसले सुरु गरेको घरघर जाने अभियानले स्थानीय स्तरमा एमसीसी बारे देखिएको भ्रम पनि तोडिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्