१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस र कम्युनिष्टले देश चलाउन सक्दैनन् : अध्यक्ष लिङ्देन


273
Shares

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने ठोकुवा गर्नुभएको छ ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताउनुभयो ।

अध्यक्ष लिङदेनले पछिल्लो समयमा नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर बनेको बताउनुभयो । उहाँले कांग्रेस र कम्युनिष्टहरुले आफ्नो स्वार्थका लागि देश र जनता विरोधी क्रियाकलापहरु गरिरहेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त शक्तिहरुलाई विजयी गराउनु पर्नेमा जोड दिनुभयो ।