१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा दिउँसाे-राति मेगगर्जन-चट्याङ्ग र वर्षाको सम्भावना


416
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने आंशिक बदली हुनेछ । देशका पहाडी भू-भागका केही स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ । हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राती भने सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने सामान्यतया मौसम सफा हुनेछ।

देशका पहाडी भू-भागका केही स्थानमा भने मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।