१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


78
Shares

बैतडी । बैतडीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुने ट्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु रहेका छन् ।

मौराबाट फर्किरहेको सु.प.प्र.–०१–००२ त ५५९८ नम्बरको ट्याक्टर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो ।

घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।