२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खोप नलगाएका र लक्षण देखिएकालाई मात्र विमानस्थल तथा नाकामा कोरोना परीक्षण गर्ने


195
Shares

काठमाडौं । सरकारले कोरोनाको खोप नलगाएका र लक्षण देखिएकाहरुलाई मात्र नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण गर्न भनेको छ ।

सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कमा कोरोनाको पूर्ण खोप नलगाएका र कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने बताउनुभयो ।

मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा परीक्षण गराउनुपर्ने बताएको छ । यस्तै पूर्ण खोप नलगाएका ५ वर्षमुनिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने छ ।