१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


विष्ट एमाले प्रवेश


3.588k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।

आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिनुभएको थियो ।

सांसद पदबाट दिएको राजीनामा पत्रमा उहाँले शनिबार मात्र हस्ताक्षर गर्नुभएको थियो । यता माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलले उनलाई निष्कासन गरेको भन्दै विज्ञप्ति निकालेको छ । यसअघि संसदीय दलले उनलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको थियो ।

निर्देशनपछि पनि माओवादीबाट अलग्गिएको घोषणा गरेपछि उहाँलाई सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ । विष्ट माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक समेत हुनुहुन्थ्यो । उहाँले पछिल्लो समय पार्टी नेतृत्वको गतिविधि अलोकतान्त्रिक भएको हुँदा पार्टी छाडेको बताउनुभएको छ ।