
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा पुस्तक विमोचन समारोहमा उपराष्ट्रपति पुनले समाजमा धनी र गरिवबीच शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विभेद रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले विभेद अन्त्यका लागि थुप्रै राजनीतिक संघर्षहरु भए पनि जनताले अपेक्षा गरेअनुसारको सामाजिक परिवर्तन हुन नसकेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताउनुभयो । सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
अनुशासित, नैतिकवान, पारदर्शी र अरुको हित सोच्ने व्यक्तिले मात्रै समाजको हित गर्न सक्ने उहाँको दृष्टिकोण छ ।
प्रतिक्रिया दिनुहोस्