
काठमाडौं । प्रदेश- १ प्रहरी कार्यालयले मोरङ जिल्लाकाे लेटाङमा भएकाे घटनाको छानबिन गर्ने भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गरिने बताउनुभएकाे हाे । आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको भन्दै उहाँले हिंस्रक आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
आइतबार भएको घटनामा परी २५ जना प्रहरी घाइते र ७ जना सर्वसाधरण घाइते भएका छन् । घाइतेमध्ये १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्