
काठमाडौं । मनाङ जोडने एक मात्र बेसीशहर–चामे सडक १० दिन बन्द हुने भएको छ ।
बेसीशहर–चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले चैत १५ सम्म सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ ।
नासों गाउँपालिका–९ तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ । पुल गत असारमा आएको बाढीले बगाएको थियो । मनाङ जिल्ला प्रवेश गर्ने सडकमार्ग बेशीसहर चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कल्भर्ट पुलको स्ल्याब ढलान कार्य सम्पन्न भएको छ ।
तर प्राविधिक दृष्टिकोणले सेट हुन १५ दिन लाग्ने भएकाले उक्त अवधिका लागि सडक बन्द गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्