
काठमाडौं । रसुवा जिल्लाकाे दुर्गम क्षेत्रमा सचेतना मुलक कार्यक्रम गरिएको छ ।
रसुवाको उत्तरगया गाँउपालिकाले न्यायको पहुँच नपुगेका महिलाहरुलाई लक्षित गर्दे सचेतना कार्यक्रम गरेको हो । रसुवा महिला सञ्जालमार्फत घरेलु हिंसाबाट पीडित भएरपनि न्यायको पहुँचसम्म पुग्न नसकेका पीडित महिलाहरुमा सचेतना कार्यक्रम सञ्चालन गरीएको हो ।
लैगिंक हिंसा, वालविवाह, मदिराजन्य पदार्थको सेवन नियन्त्रण, प्रशासनिक काममा पहुँचगायतका विषयमा महिलाहरुलाई प्रशिक्षणसमेत दिईएको रसुवा जिल्ला अदालतका जिल्ला न्यायाधिश राजेन्द्र नेपालले बताउनुभयो ।
दुर्गम क्षेत्रका नागरिकहरु अशिक्षित हुँदा नेपाली नागरिकता लगायतका अन्य परिचय पत्रमासमेत अशुद्धता आउने गरेको र समयमै घटना दर्ता गर्न नजान्नेका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा हिंसामा परेका र न्यायको पहुँच नपुगेका महिलाहरुले आ–आफ्ना समस्याहरु राखेकाथिए ।
प्रतिक्रिया दिनुहोस्