
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनका बेलामा पार्टीभित्रको आन्तरिक मतभेदलाई बिर्सेर एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
सोमबार कांग्रेस तनहुँको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय भेलामा नेता पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने उल्लेख गर्नुभयो । उहाँले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्ने पौडेलको भनाइ छ । नेता पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न नसकिने उल्लेख गर्नुभयो ।
निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उहाँले भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरू पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरूलाई सुझाव दिनुभयो ।
अमेरिकी सहायता परियोजना (एमसीसी)का बारेमा कम्युनिस्टहरूले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरू कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्