
काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बोर्डले आगामी चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने जनाएको हो ।
बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिनुभयो ।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट’ को आयोजना गरिरहेको बताउनुभयो ।
बोर्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा यही आगामी चैत्र २५, २६ र २७ गतेमा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो ।
नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा गत फागुनमा वेष्टर्न ट्राभलमार्ट सम्पन्न गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्