
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्री हरेफेरका विषयमा छलफल भए पनि औपचारिक रूपमा टुंगोमा भने पुगिनसकेको बताउनुभयो । केही मन्त्रालय हेरफेर हुने र केही नयाँ मन्त्री आउने सम्भावना रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको भनेकाले माओवादीले सहयोग गरेको उहाँको दाबी छ । मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आएमा माओवादीलाई पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने विषय प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउनका लागि नेताहरूसँग आफ्नो कुराकानी भइरहेको प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरूलाई जानकारी गराउनुभएको अध्यक्ष दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्