१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पल शाहविरुद्ध तनहुँ अदालमा बलात्कार मुद्दा दायर


1.781k
Shares

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्ध जिल्ला अदालत तनहुँमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो । कानूनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको चार दिनपछि फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

नवलपरासी पूर्वमा शाहविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।