१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१७ सय विद्यार्थी अध्ययनरत विद्यालय दुई वर्षदेखि प्रधानाध्यापकविहीन


143
Shares

खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित दिक्तेल बजारमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक नहुँदा पठनपाठन प्रभावित भएकाे छ ।

यसअघिका प्रधानाध्यापक ध्यानबहादुर राईले छाडेर गएको दुई वर्ष बित्न लाग्दासमेत विद्यालयमा प्रअ छनाेट नहुँदा पठनपाठनदेखि प्रशासकिन काममा समस्या भएको हो ।

हाल निमित्त प्रध्यानायापक ज्ञानबहादुर राईले विद्यालयको निमित्त प्रअकाे जिम्मेवारीमा हुनुहुन्छ । प्रधानाध्यापक छनोट गर्न विद्यालय व्यवस्थापन समितिले नसकेपछि नगरपालिकालाई जिम्मा दिइएको छ ।

विद्यालयमा भएको चरण राजनीतिकरणले प्रधानाध्यापक नियुक्तिमा ढिलाइ भएको कार्यरत शिक्षक धनिराम राईले बताउनुभयो ।

१७ सय विद्यार्थी अध्ययन गर्ने विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।