
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा पपुवा न्यूगिनी (पिएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।
युएईको दुबई रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । चाड सोपरले अविजित २२ रन बनाउँदा लेगा सियाका २०, सेसे बाउ १९, नरमान भानुआ १८, चार्लि अमिनी १३ रनमा आउट भए । काबुआ मोरिएले अविजित १७ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई रन बनाउँदा पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख र करण केसीले समान एक–एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्