
डडेल्धुरा । करिब डेढ महिनाको रोजगारीका लागि म्यादी प्रहरीमा भर्ना हुनेको भिड डडेल्धुरामा पनि लागेको छ ।
आगामी बैशाख ३० को स्थानीय निर्वाचन आवश्यक हुने ६५२ म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर समूहका युवायुवती तथा वयस्क गरि तीन दिनैमा करिब ७ सय जना महिला पुरुषले जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् ।
करिब ४४ हजार २४० रुपैयाँ आम्दानीका लागि चुनावमा सर्वसाधारणको शान्ति सुरक्षार्थ आवेदन दिन जिल्लाका सातवटै पालिकाबाट जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन । पूर्वम्यादी प्रहरी देखि कोभिड प्रभावित युवाहरु र अध्ययनरत विद्यार्थीहरु पनि म्यादी प्रहरीका लागि आवेदन दिईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्