१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धनका शीर्ष नेताबीच निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति


221
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो । तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताउनुभएको थियो ।