१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई हजार किलो छुर्पी बरामद


1.872k
Shares

काठमाडौं । इलाममा दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार झापाबाट इलामतर्फ जाँदै गरेको बोलेरो जिपबाट जाँच गर्ने क्रममा छुर्पी फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

सूर्योदय नगरपालिका–२ का जिप चालक निमा तामाङलाई आवश्यक कारबाहीका लागि प्रहरीले सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा जिम्मा लगाएको जनाइएको छ ।