
काडमाडौं, चैत ४ । चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् ।
सोमबार काठमाडौँमा भएको आठौं अधिवेशनमा सिटौलाको समर्थनमा ७० मत पाएका थिए ।
अध्यक्ष पदमा नै उम्मेदवारी दिएका डब्बु क्षेत्रीले ३९ मत, अनिल याद र गिता अधिकारीले १४–१४ मत ल्याएका थिए ।
त्यस्तै, उपाध्यक्ष पदमा जीवन पराजुली विजयी भएका छन् । उनीसंगै उम्मेदवारी दिएका कुबेर गिरीको नाममा ६३ मत खसेको थियो भने जीवनको नाममा ७४ मत खसेको थियो ।
महासचिवमा चुनिएका समिर बलामीको नाममा ८८ र उनको प्रतिस्पर्धी बैकुण्ठ पराजुलीको नाममा ५० मत मात्र खसेको थियो ।
सचिवमा चुनिएका रघुनाथ सापकोटाको नाममा १०५ र उनको प्रतिस्पर्धी आकाश खड्काको नाममा ३१ मत मात्र खसेको थियो । त्यसैगरी कोषाध्यक्षमा प्रदीप कार्की (निर्विरोध) र सह–कोषाध्यक्षमा विनोद पोरेल निर्वाचित भएका छन् ।
सदस्य पदमा नविन गिरी १०५ मतत्मयसै गरि मनिष अन्जान ८२ मत, गोपीकृष्ण चापागाईं ७५ मत, गण्ोश ओली ६९ मत, मिलन ढुंगाना ७६ मत ,सृष्टि पोखरेल ६६ र सुरक्षा भट्टराई (महिला) निर्बिरोध मतका साथ चुनिएका छन् । निर्वाचनमा कुल १३८ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्