१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा सार्वजनिक यातायात सेवा अवरुद्ध


117
Shares

काठमाडौं । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । जसका कारण सयौं यात्रुहरु मारमा परेका छन् ।

पछिल्लो समय सुर्खेतमा निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध स्वरुप आज सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले यसबारे यातायात व्यवसायीसँग छलफल गरि समस्या समाधान गर्ने आश्वासन यातायात ब्यबसायीहरुलाई दिएतापनि ठोस निकास ननिस्किएसम्म यातायात सेवा बन्द गर्ने यातायात ब्यबसायीहरुको भनाई छ ।