१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाल राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि संशोधन


351
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धि कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार कर्जाको ब्याजदर बढेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्‍याइएको छ । यो ब्याजदर बैंकहरुले ग्राहकसँग लिन पाउने दर हो ।

राष्ट्र बैंकले बैंकहरुसँग ब्याजदर पनि २ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याइएको छ । बैंकहरुले ऋणीहरुसँग लिन पाउने विशेष पुनर्कर्जाको ब्याजदर पनि ३ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याइएको छ । विशेष पुनर्कर्जामा राष्ट्र बैंकले बैंकहरुसँग लिने ब्याजदर १ प्रतिशतबाट २ प्रतिशत पुर्‍याइएको छ ।

पछिल्लो दुई आर्थिक वर्षको औसत रिटर्न अल इक्वीटी तीन प्रतिशत भन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा लिन पाउने छैनन् ।

यसअघि सो ब्यवस्था पछिल्लो आर्थिक वर्षको रिटर्न अन इक्वीटी २० प्रतिशत वा सो भन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा लिन नपाउने थियो ।

अब बैंकहरुले पुनर्कर्जाका लागि ग्राहक छनोट गर्दा कोभिड–१९ बाट अति प्रभावित भई पुनरुत्थान हुन नसकेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने छ । तर, कोभिड–१९ को असर तथा वित्तीय प्रणालीको अवस्था हेरी गभर्नरले एक पटकका लागि आवेदन दिन सक्ने गरी छुट प्रदान गर्न सक्ने ब्यवस्था गरिएको छ ।