१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


दुबई पठाइदिने बहानामा १० लाख ठगी गर्ने पक्राउ


0
Shares

काठमाडौं, चैत ४ । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

उनले रु. १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु. १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौंको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए । रासस