
काठमाडौं । यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक यातायात बन्द गरेका छन् ।
भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन् ।
बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ ।
मुख्य गरी निजी रातो नम्बर प्लेटका सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसायीहरूले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले जानकारी दिनुभयो ।
बुधबार बिहानदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन भन्दै उनीहरुले बिरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्