१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री झाँक्रीद्वारा ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण


0
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गर्नुभएको छ ।

बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरेर मन्त्री झाँत्रीमार्फत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेको हो ।

मन्त्री झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्वील लक तथा ८८ वटा म्याजिक लाइट हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराइएको बताउनुभयो ।

महाशाखाका प्रमुख जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरू प्राप्तिमा शहरी विकास मन्त्रालय तथा विकास प्राधिकरणले गरेको पहललाई धन्यवाद दिनुभयो ।