
काठमाडौं, चैत ४ । नेपालमा कोरोना भाइरस नभित्रियोस भनेर काल भैरवको पूजा गरिएको छ ।
तलेजु भवानी समितिको सक्रियतामा आज काठमाडौंको वसन्तपुरमा देशमा विपत्ति र रोगव्याध नआओस भनेर कालभैरवको पूजा प्रार्थना गरिएको हो ।
विश्वभरका मानिसको शान्ति र सुस्वास्थ्यको कामना गर्दै कालभैरवको पुजा अर्चना गरिएको आयोजकले जनाएका छन् । कालभैरवको पूजा अर्चनाका साथै महायज्ञ पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्