१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध


364
Shares

काठमाडौं । ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

ठेकेदारले सडक मर्मत कार्य सुरु गरे पनि मर्मत पूर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।

स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ ।

सडक मर्मतको माग राख्दै स्थानीयले मंगलबार पनि सडक अवरुद्ध गरेका थिए ।

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।