
हेटौँडा, चैत ४ । सरकारले सडक सञ्जाल विस्तार गर्ने उद्देश्यले एक दशकअघि जिल्ला विकास समिति मकवानपुरलाई उपलब्ध गराएको डोजर प्रयोगबिहीन अवस्थामा पुगेको छ ।
सुरुका केही वर्ष प्रयोग गरिएको डोजर पछिल्लो पाँच बर्षदेखि भने उपयोग नभएर त्यतिकै थन्किएको हो ।
नयाँ संविधान अनुसार जिल्ला विकास समितिको कतिपय अधिकार स्थानीय तहमा गए पनि करोडौं मूल्यको उक्त डोजर उपयोग गर्न कुनै निकायको ध्यान गएको छैन ।
हाल बाग्मती प्रदेश सरकारको मन्त्रीपरिषद कार्यालय परिसरमा रहेकोे डोजर विग्रिएको अवस्थामा रहेको छ ।
यता जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलालले भने जिल्लाका सबै स्थानीय तहलाई डोजर प्रयोग गर्न पटकपटक आग्रह गरे पनि कसैले ध्यान नदिएकाले बिक्री वा लिलाम गर्ने प्रक्रियामा लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस्