४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


कोरोनाका कारण हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पर्‍यो : प्रधानमन्त्री देउवा


65
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले पर्वतीय श्रोतहरुको संरक्षण गर्न अत्यावश्यक रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवाले नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा ‘माउण्टेन एड्भोकेसी समिट’ गर्न लागेको पनि जानकारी दिनुभयो ।

विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्न विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसको पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले पर्वतीय मुद्दा समाधान गर्न पहाडी देशहरुबीच छलफल हुन आवश्यक रहेको पनि बताउनुभयो । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सय जनाको सहभागिता छ ।