१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


लागु औषधसहित दुई जना पक्राउ


104
Shares

काठमाडौं । प्रहरीले ४७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा घर भइ काठमाडौंको मच्छेगाउ बस्ने बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घुर्मी घर भइ काठमाडौंको कलंकी बस्ने रमेश यादव छन् ।

हेटौंडाबाट काठमाडौं आउने क्रममा फर्पिङ्ग चेक पोष्टमा चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ परेकाहरु थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ ।